काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई पराजित गरि प्लेअफ सम्भावना कायमै राखेको छ । फार वेस्टलाई विराटनगरले ३ रनले पराजित गरेको हो ।
टियु मैदानमा विराटनगरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको फार वेस्टले २० ओभरमा ९ विकेट १ सय ४४ रन बनायो । फार वेस्टका लागि कप्तान हशमतुल्लाह शाहिदीले ४६ बलमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । उमर अलि २३ रनमा आउट हुँदा विनोद भण्डारी र नुर अहमद समान १०/१० रनमा आउट हुँदा
विराटनगरका लागि राज नानन ३ र सुर्य तामाङले २ विकेट लिए । कियोन जोसेफ र नन्दन यादवले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायो ।
विराटनगरका लागि हुसेन तलतले २९ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । विवेक कुमार यादवले २० बलमा अविजित ३५ रन बनाए । अर्जुन साउदले २२ रन बनाउँदा कप्तान रोहित पौडेलले २१ रन बनाए । फार वेस्टका लागि उमर अलिले २ तथा करण केसी र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए ।
नौ खेलमा चार जित पाँच हार हात पारेको विराटनगरले आजको खेल जितेपश्चात प्लेअफको सम्भाबना मजबुत बनाएको छ । आठ खेलमा ६ अंकका साथ विराटनगर अंक तालिकामा स्थानमा रहेको छ ।
नौ खेलमा दुई जित हात पारेको फार वेस्ट लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । फार वेस्ट ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । यही संस्करणको पहिलो भेटमा पनि फार वेस्टलाई विराटनगरले हराएको थियो ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
नेपाल संवाद । २२ पुष २०७९, शुक्रबार १७:०२