दैलेख । दैलेखको भैरबी गाउँपालिका–३ कोईराल गाउँका एकजना बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । कोईराल गाउँका ९ वर्षिय बालक गगन खत्रीको आइतवार छामघाट खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।
डीएसपी लम्सालका अनुसार बाख्रा गोठालो गएका ती बालकको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको हो । आफन्तले बालकको शवलाई उद्धार गरि घर ल्याई राखेका थिए । शवलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको छ ।
नेपाल संवाद । ४ असार २०८०, सोमबार १५:१६