कोहलपुर ।
बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ का ३७ बर्षिय अजिर अहमद भाट चोरी गरिरहेको अवस्थामा पक्राउ परेका छन ।
२४ साउन बिहान ३ बजेको समयमा बैजनाथ गाउँपालिका ५ मा पर्ने स्थानीयका घरमा चोरी गरिरहेको अवस्थामा उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
उनको साथबाट ६ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, मोबाइल, ३ हजार ३४५ रुपैयाँ नगद सहित घर फोड्न प्रयोग गरिने औजारहरु फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जारी गरेको प्रेस बिज्ञप्ती हेर्नुहोस ।
नेपाल संवाद । २९ श्रावण २०८०, सोमबार ११:३६