भूकम्पका गम्भीर घाइतेलाई नेपालगन्ज ल्याइयो

रुकम पश्चिम । भूकम्पमा परी गम्भीर घाइते भएका बिरामीहरूलाई नेपालगन्ज तथा कोहलपुरका अस्पतालमा ल्याउने क्रम जारी छ । जाजरकोटका एक जना घाइतेलाई नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ ।

जाजरकोट भूकम्पमा परी घाइते हुने एक जनालाई पहिलो पटक भेरी अस्पतालमा पु¥याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

भेरी नगरपालिका–४ खलंगाका ४८ वर्षीय विमलकुमार कार्कीलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको हो ।
एम्बुलेन्समार्फत ल्याएका उनको उपचार भइरहेको भेरी अस्पतालले जनाएको छ ।

एम्बुलेन्सबाट अस्पतालको बेडसम्म पु¥याउनका लागि सशस्त्र प्रहरीहरू भेरी अस्पतालमा खटाइएको छ । अन्य घाइतेहरू समेत जाजरकोट र रुकुम पश्चिमबाट भेरीमा ल्याउँदै गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

जारकोटमा गएको भूकम्पमा परी ठूलो मात्रामा मानिसको मृत्यु घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष (डेडिकेटेड) अस्पतालका रूपान्तरण गरिएको छ ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पतालबाहेक सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको जाइएको छ ।

हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २–२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । ब्लडको अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया