मकवानपुर । पूर्वी नेपालका विभिन्न जिल्लामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
स्थानीय बासिन्दाका अनुसार बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पको कम्पन हिमाली तथा तराई क्षेत्रका जिल्लासम्म महसुस गरिएको हो ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को प्रारम्भिक विवरणअनुसार ताप्लेजुङको लेलेपबाट करिब २० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का नेपालसँगै भारत, भुटान र चीनका केही क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ।
भूकम्पपछि स्थानीयवासीमा केही समय त्रास उत्पन्न भए पनि यसबाट भएको सम्भावित जनधनको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन। सम्बन्धित निकायबाट क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।











