मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ तिनतल्लेस्थित मदन भण्डारी लोकमार्गमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार बेलुका करिब ७ः३० बजे हेटौँडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना ६ ख २९४९ नम्बरको डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी करिब ४० वर्षीय रमेश कुमार रायमाझी रहेका छन् ।
दुर्घटनामा ट्याङ्कर सडकको बायाँ साइडमा पल्टिएको थियो । ट्याङ्कर पल्टिँदा चालक गाडीभित्रै च्यापिएका थिए ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गरगरेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
















