मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ मा मोटरसाइकलको ठक्करबाट मंगलबार राती एक वृद्धाको मृत्यु भएको छ। वासुदेव मार्गस्थित ज्यामिरे खोलाबाट हेटौँडातर्फ आउँदै गरेको बा ५३ प २४१ नम्बरको मोटरसाइकलको ठक्करबाट मकवानपुरगढी गाउँपालिका-५ सिमलटारकी ७३ वर्षीया सुकुमाया गोलेको मृत्यु भएको हो।
प्रहरीका अनुसार बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गोले घाइते भएकी थिइन्। उपचारका लागि उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा लगिएको र त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको हो ।
मोटरसाइकल चालक २० वर्षीय समिर घलान प्रहरी नियन्त्रणमा रहेका छन् ।
















