मकवानपुर । मकवानपुरको हेटौँडा-५ निवासी समाजसेवी तथा सहकारी अभियन्ता सुधिर थापाले आफ्ना आमा–बुबाको सम्झनालाई समाजसेवासँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।
उनले करिब ३ लाख ५६ हजार रुपैयाँको व्यक्तिगत लगानीमा दक्षिणकाली मन्दिरको प्रवेशद्वार निर्माण गरेर धार्मिक तथा सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेका हुन् ।
‘आमाबुबाको सम्झनामा दक्षिणकाली मन्दिरको प्रवेशद्वार निर्माण गर्ने मेरो सानो सपना आज पूरा भएको छ। ’ उनले भने । यो कार्य आफ्ना अभिभावकप्रतिको श्रद्धाञ्जली र समाजप्रतिको समर्पण भएको उनको भनाई छ ।
लामो समयदेखि समाज सेवामा सक्रिय थापा विभिन्न सामुदायिक तथा सहकारी गतिविधिमा समेत अग्रसर रहँदै आएका छन्। स्थानीय स्तरमा हुने सामाजिक कार्य, धार्मिक कार्यक्रम तथा जनहितका अभियानमा उनको सहभागिता रहने गरेको छ ।

















