मकवानपुर । जलवायु कार्यका लागि नेपाली युवा (Nepalese Youth for Climate Action – NYCA) हेटौडा च्याप्टरद्वारा २०८३ भदौ १९, २० र २१ गते जलवायु नेतृत्व विकासका विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। कार्यक्रम भदौ १९ गते शुक्रबार NYCA Hetauda की Network Coordinator कृतिका लौडारीको सभाध्यक्षता, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त राज अधिकारीको प्रमुख आतिथ्य, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको विशिष्ट आतिथ्य, हेटौडा उपमहानगरपालिका वडा नं. ९ का सचिव राजेन्द्र पोख्रेल, अनेरास्ववियु बागमती प्रदेश इन्चार्ज भुवन मैनाली , जे.सी.आई. हेटौडा वर्ष २०२५ का अध्यक्ष पंकज दास बानियाँ, जे.सी.आई. हेटौडा वर्ष २००४ का अध्यक्ष तथा हेटौडा एकेडेमीका संस्थापक अरुण राज सुमार्गी पराजुली, जे.सी.आई. हेटौडा वर्ष २०२३ का अध्यक्ष श्रवण कुमार बर्तौला, वन विज्ञान संकाय हेटौडाका प्राध्यापक डा. बलराम भट्ट ज्यू, उप-प्राध्यापक लिलु कुमारी मगर, NYCA केन्द्रका भोलुन्टर कोअर्डीनेटर अविन राई, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलगायतको आतिथ्यमा उद्घाटन भएको थियो।
प्रमुख अतिथि अधिकारीले युवाले Fellowship बाट प्राप्त ज्ञान र सीपलाई समुदायमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै आगामी जिल्ला कार्यक्रमहरूमा fellows सँग सहकार्य गर्न सकिने बबताए । मकवानपुर तथा रसुवामा भएका ठगीका घटना, प्राकृतिक विपद् र सुरक्षा चुनौतीबारे अनुभव साझा गरे । विशिष्ट अतिथि श्यामबहादुर खत्रीले मकवानपुर तथा रसुवामा भएका ठगीका घटना, प्राकृतिक विपद् र सुरक्षा चुनौतीबारे अनुभव साझा गरे ।
पहिलो दिन अनलाइन सेसन लिएका दुई जनाबाट Fellows’ Presentation, बेटर चितवनका सागर कार्कीबाट “Nepal’s Climate Emergency: Local to Global” विषयमा सत्र सञ्चालन, LAPA Review and Suggestion, हेटौडाको सडक विस्तारको उदाहरणमा सार्वजनिक सुनुवाइको अभ्यास तथा COP को नेगोसिएसन अभ्यास लगायतका सत्र सञ्चालन भए।
दोस्रो दिन क्षमता विकास तालिम, राष्ट्रिय जलवायु परिवर्तन नीति सम्बन्धी सत्र, जलवायु कार्यमा युवा नेतृत्व विषयक प्यानल छलफल, ग्रीन इनोभेसन/क्लाइमेट सोलुसन सम्बन्धी सत्र, विपद् न्यूनीकरण सम्बन्धी सत्र तथा हेटौडा घोषणा पत्र तयारीसम्बन्धी सत्र सञ्चालन भएका थिए। तालिमको औपचारिक समापन सत्र NYCA Hetauda की Network Coordinator कृतिका लौडारीको सभाध्यक्षता, हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नबिन सिग्देल, वन विज्ञान संकायका प्राध्यापक वासुदेव पोख्रेल ज्यूको विशिष्ट आतिथ्य, जेफ्यान बागमती प्रदेश अध्यक्ष राजेश शाह , बन निर्देशनालयका सुचना अधिकारी टंक नारायण श्रेष्ठ , बन अधिकृत अजय मानन्धर, जलवायु अभियन्ता प्रसुज मैनाली , जे एन्ड बी कफीका संस्थापक जगदीश बिडारी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलगायतको आतिथ्यमा सम्पन्न भएको थियो।
अतिथिहरूले अहिलेको विषम परिस्थितिमा युवाले यस्तो कार्यक्रममा सहभागी भई सिक्नु अनिवार्य रहेको बताएका थिए । तेस्रो दिन मनकामना डाँडा ग्रीन हाइक गरी कार्यक्रमको समीक्षासहित युवाहरूबाट प्रतिबद्धतासहित कार्यक्रम समापन गरिएको थियो। विभिन्न सत्रमा सहभागीहरूले जलवायु संकट, स्थानीय अनुकूलन, अनुभव आदानप्रदान तथा जलवायु वार्ताको अभ्यास गरेका थिए।
कार्यक्रमलाई हेटौडा उपमहानगरपालिका, कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश, हेटौडा स्कूल अफ म्यानेजमेन्ट, सी.डी.ए. नेपाल, मनहरी गाउँपालिका, सार्थक एजुकेशन, थर्ड आई एजुकेशन, वन विज्ञान संकाय, हेटौडा एकेडेमी, रुटिन अफ हेटौडा, नेपाल संवाद, हेटौडा वडा नम्बर ९, कफी बार, हजुरआमाको तुलसी मठ, जे एन्ड बी कफी, सेरिसा मोबाइल, नेपाल ल्याब हाउस, जेनिथ, युनिभर्सल, लामिरा द कफी क्लब, बाशुकला, रोयल पार्टी प्यालेस आदिको सहयोग रहेको थियो।















