मकवानपुर । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति सम्मान गर्दै बुधबार शोक बिदा दिइएको छ ।
मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनमा क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरूप बुधबार राष्ट्रिय शोक बिदा दिने भएको छ ।
शोक दिवसका दिन बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
शोक दिवसमा राष्ट्रिय झण्डा आधा झुकाइने छ भने देशभर सार्वजनिक बिदा हुने जनाइएको छ ।