मकवानपुर । मकवानपुरमा खोलाले बगाउँदा ५० वर्षीय एक जना पुरुषको मृत्यु भएको छ ।
बकैया गाउँपालिका-११ र मकवानपुरगढी गाउँपालिका-१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विहीबार साँझ करिब ५ः०५ बजे खोलाको बीचमा ढुङ्गामा पुरुषको शव अड्किएको सूचना अस्थायी प्रहरी पोस्ट गरगरे, छतिवनबाट र इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुङ्गामा अड्किएको शव बाहिर निकालिएको प्रहरीको भनाई छ ।















