मकवानपुर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको आकस्मिक स्वास्थ्य उपचारका लागि हेटौँडा अस्पतालबाट स्वास्थ्य टोली परिचालन गरिएको छ।
बाढीका कारण घाइते तथा बिरामी पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालले चिकित्सकसहित चार सदस्यीय टोली प्रभावित क्षेत्रतर्फ पठाएको प्रतिष्ठानका प्रवक्ता उत्सव चौलागाईंले जानकारी दिए ।
उनका अनुसार तत्काल स्वास्थ्य उपचारका लागि अस्पतालबाट अर्थोपेडिक सर्जन डा। विनोद गैरे, मेडिकल अफिसर डा.अर्जुन खड्का, हेल्थ असिस्टेन्ट जयराम रायमाझी र चालक कृष्ण आले मगरलाई त्यता पठाइएको हो ।












