राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने नयाँ रूपरेखा सार्वजनिक गरेको छ। पार्टीले निश्चित पदका उम्मेदवार चयन गर्दा सचिवालयलाई अधिकतम १५ प्रतिशतसम्म विशेष अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो।
बुधबार सार्वजनिक गरिएको रूपरेखाअनुसार सचिवालयले विशेष अधिकार प्रयोग गरेर छनोट गरेका उम्मेदवारलाई केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्नेछ।
यो व्यवस्था गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवार छनोटमा लागू हुनेछ।
त्यस्तै, महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार चयन गर्दा पनि सचिवालयले अधिकतम १५ प्रतिशतसम्म विशेष अधिकार प्रयोग गर्न सक्ने प्रावधान राखिएको छ।
रास्वपाले सार्वजनिक गरेको यस रूपरेखाले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ।















