मकवानपुर । मकवानपुर हेटौँडाका दश जना युवा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
पार्टी जिल्ला कमिटी सदस्य रोशन बलको अगुवाईमा हेटौँडा १ का गौरव श्रीवास्तव , हेटौैँडा ५ का सन्तोष कार्की , भुवन गावा , हेटौँडा ७ का ससिम थिङ, हेटौँडा ८ का समीर राई, हेटौँडा१२ का विकल्प स्याङ्तान , मनहरी २ का गौरव रुम्बा , दिपक स्याङ्बो , मनहरी ३ का इश्वर घलान , राक्सिराङका एनोश मोक्तान रहेका छन् ।
पार्टीमा युवाहरुलाई पार्टी केन्द्रका सल्लाहकार समिति सदस्य यादव गजुरेल , पार्टी जिल्ला अध्यक्ष बिष्णु दाहालले खादा लगाइदिएर स्वागत गरे । पार्टी जिल्ला उपाध्यक्ष ध्रुव भुजेल, सचिव किशोर बर्तौला , उपसचिव गीता कडरिया (मैनाली), पार्टी नगर अध्यक्ष बिष्णुमाया लामा , अनेम संघ जिल्ला अध्यक्ष शुक्रदेवी बल, कार्यालय सचिव तिलककुमार अधिकारी लगायतको कार्यक्रममा उपस्थिति थियो ।
















