मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पाँच नयाँ मन्त्री थपेर आफ्नो मन्त्रिपरिषद् पूर्ण गरेका छन् । शुक्रबार नेपाली कांग्रेसबाट नियुक्त भएका पाँच जनाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
नयाँ मन्त्रीहरूमा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादे, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ छन्। यससँगै विना विभागीय मन्त्री शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि बानियाँले आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए, जसमा कांग्रेसका ३ र नेकपा एमालेका ६ मन्त्री समावेश थिए।