मकवानपुर । हेटौँडा-काठमाडौँ सडक खण्डको त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका ९ लामिडाँडामा पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।

शुक्रबार राति ठूलो ढुङ्गा र रूखसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको हो ।

यस्तै, हेटौँडाबाट कुलेखानी हुँदै सिस्नेरी भएर काठमाडौँ जाने सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका – ३ ज्यामिरेमा शनिबार ढुङ्गासहित सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ।