मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझोरामा भलपानीका कारण पहिरो गई अवरुद्ध भएको त्रिभुवन रापजथ अन्तर्गतको सडकमा गाडी गुड्न थालेका छन् ।
शुक्रबार रातिदेखि बन्द रहेको हेटौँडा–काठमाडौँ जोड्ने मार्गको खण्डलाई सडक विभागसँगको समन्वयमा पहिरो पन्छाएपछि गाडी गुड्न थालेको हो ।
अहिले दुईतर्फी सवारी आवागमन भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार, हेटौँडा–काठमाडौँ जोड्ने अर्को मार्ग कान्तिलोकपथ भने अझै अवरुद्ध छ ।
भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा वर्षासँगै खसेको ढुङ्गा माटोसहितको पहिरोका कारण सडक बन्द भएको हो ।