मकवानपुर । मकवानपुरको थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषित भएको छ । पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा जिल्लाको पहिलो र बागमती प्रदेशको दोस्रो पालिका भएको छ ।
आइतबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरे ।
घोषणासभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पूर्ण सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वाथ्यकर्मीहरुको मेहनतबाट सम्भव भएको बताए ।
प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले नागरिकहरुलाई सहज ढंगले उपचार पाउने व्यवस्थाका लागि प्रदेश सरकार अगाडि बढेको बताए ।