मकवानपुर। नेपाली सेनाले देशव्यापी कर्फ्यू आदेश लागू गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, बुधबार बेलुकी पाँच बजेसम्म कर्फ्यू जारी गरिएको हो।
प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, ‘कर्फ्यू आदेश भोलि २६ गते बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पुनः लागू हुनेछ।’ सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनतालाई आग्रह गरेको छ।
बस्नेतका अनुसार, कर्फ्यू अवधिमा एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन सञ्चालनमा रोक लगाइने छैन।
उनले आन्दोलनपछिको अवस्थालाई शान्त बनाउन तथा समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिए।
जंगी अड्डाले जारी गरेको सूचनामा भनिएको छ, ‘आन्दोलनको नाममा हुने तोडफोड, लुटपाट, आगजनी, व्यक्ति वा सम्पत्तिमा आक्रमणलाई दण्डनीय अपराध मानी कडा कारबाही गरिनेछ।’
















