काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा गरी यो संख्यामा मृत्यु भएको हो । उनले तीन प्रहरी, एक भारतीय महिलाको मृत्यु भएको जनाए ।

भर्दौ २३ गते पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ रहेकोमा कैदीमात्रै ९ जना मारिएका थिए ।

यस्तै, बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएका हुन् ।