मकवानपुर । निरन्तरको बर्षाका कारण पर्नसक्ने क्षतिका कारण सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।
दशैँ बिदा सकिने बेला वर्षाका कारण निम्तनसक्ने विपद्बाट सुरक्षित रहनका लागि सरकारले भोलि र पर्सिका लागि थप दुई बिदा दिने सरकारले निर्णय लिएको हो ।
देशभरको विपद्बारे प्रमुख जिल्ला अधिकारीहरुसँग गृह मन्त्रालयमा छलफल समेत भएको बुझिभएको छ ।
यसैबीच, उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय गर्दै नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राखिने भएको छ ।
















