काठमाडौँ । सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरीना माचाडोले प्राप्त गर्ने भएकी छन् ।
शुक्रबार ओस्लोमा नर्वेजियन नोबेल समितिले माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको भन्दै पुरस्कार घोषणा गरेको हो । ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को उनको प्रशंसा गरिएको छ ।
एक्समा गरिएको एक पोस्टमा, नोबेल समितिले ‘भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्धनका लागि गरिएको उनको निरन्तर प्रयास र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि गरिएको संघर्षको कारण प्रदान गरिएको उल्लेख छ ।
मारिया कोरीना माचाडो भेनेजुएलाकी विपक्षी नेतृ हुन् । गत वर्षको राष्ट्रपति चुनावमा उम्मेदवारी दिनबाट उनी रोकिएकी थिइन् ।