मकवानपुर । चितवनबाट हेटौँडातर्फ आइरहेको ट्रकको ठक्करबाट मनहरीमा एक वृद्धाको मृत्यु भएको छ ।
ना ८ ख १२५६ नम्बरको ट्रकको ठक्करबाट मनहरी गाउँपालिका-७ निर्मलबस्तीस्थित सडक छेउमा हिँडिरहेकी ८४ वर्षीया इन्द्रकुमारी स्याङ्तानको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।
प्रहरीले धनुषा जिल्लाको मिथिला नगरपालिका-६ निवासी चालकलाई ट्रकसहित इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ।