मकवानपुर । मकवानपुरका विभिन्न विकट क्षेत्रमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको छ । मकवानपुर प्रहरीले राक्सीराङ, कैलाश र भीमफेदी गाउँपालिकाको विकट क्षेत्रमा किसानले लगाएको गाँजा फडानी गरेको हो ।
राक्सिराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, जोईटी तथा भिमफेदी गाउँपालिकाका भदौरे र ज्यार्बु क्षेत्रका बिभिन्न वडामा अवस्थित गाँजा खेती फडानी गरिएको प्रहरीले जनाएको छ । यी ठाउँहरुमा गरी करिब ३० बिगाहा १० कठ्ठा जमिनमा लगाइएका गाँजाका बोट तथा बेर्नाहरू नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेटौंडाबाट खटिएको १०२ जनाको टोलीले चार दिनसम्म सञ्चालन गरिएको विशेष अभियानमार्फत गाँजा खेती नष्ट गरेको हो ।