मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५, आमभञ्ज्याङ, धादिङस्थित शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन गरिएको छ ।

विद्यालयका अनुसार महोत्सवका अवसरमा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । महोत्सवका अवसरमा विद्यालय स्थापना कालदेखि हालसम्म विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेहरुलाई समापनका अवसरमा सम्मान गरिएको छ ।
विद्यालयका पूर्व विद्यार्थीहरु डाक्टर कृष्ण धिताल, डाक्टर श्याम बहादुर छत्कुली र डाक्टर सुमार्गी हुमागाईलाई दोसल्लाह ओढाएर सम्मान गरियो ।

यस्तै, विद्यालय व्यावस्थापन समितिका पूर्व अध्यक्षहरु, विभिन्न क्षेत्रमा काम गर्दै आएका पूर्व विद्यार्थीहरु, विद्यालयका लागि देउशी भैलोमा र अरु समयमा पनि नगद तथा जिन्सी सहयोग गर्ने अभिभावक तथा पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरियो । विद्यालयको स्वर्ण महोत्सवका अवसरमा भएका प्रतियोगिताका प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विजयीहरुलाई पनि कार्यक्रममा सम्मान गरियो ।

बागमती प्रदेश सभाका सदस्य तथा पूर्व मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान लगायतकाले शुभकामना व्यक्त गरे ।

महोत्सव समापन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर कार्कीले विगत देखि हालसम्म विद्यालयको अवस्था र योगदानका विषयमा जानकारी दिए । विद्यालय स्थापना देखि हालसम्मको अवस्था झल्कने बृत्तचित्र प्रदर्शन गरिएको थियो भने विद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो ।

महोत्सव समापन विद्यालय व्यावस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा भएको हो ।