मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को हेटौँडा उपमहानगर पालिका समिति एकता विस्तार बैठक भएको छ ।
नेकपाका पूर्व घटक पार्टी नेकपा (माओवादी केन्द्र)का नेता प्रदीप अर्यालको अध्यक्षतामा भएको बैठकमा संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यता थियो ।
बैठकमा नेकपाको पूर्व घटक पार्टी नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रिय , प्रदेश , जिल्ला र नगर तथा वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी लामिछानेले राज संस्था आउँदा जनताको लोकप्रिय मत पाएर आम जनताको छोराछोरीले रास्ट्रपति, प्रधानमन्त्री हुन पाउने अवसर गुम्ने बताए ।
हेटौँडा ४ गर्दोइस्थित पार्टी कार्यालयमा भएको बैठकमा पार्टीका सन्तोष न्यौपाने , देवराज गौतम , सागर बानियाँ , लक्ष्मी पाख्रीन, पार्टीका नगर इन्चार्ज ध्रुव भुजेल, नेता केदारनाथ दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।



















