हेटौँडा । मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी निर्वाचित हुनुभएको छ। हेटौँडामा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

अधिवेशन कार्यक्रममा संघका अध्यक्ष पुष्कल नेपालको अध्यक्षता तथा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बागमती प्रदेश समितिका लेखा संयोजक अजित थापाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा संघका पूर्व केन्द्रीय सह–कोषाध्यक्ष किरणबाबु न्यौपानेको विशेष आतिथ्य रहेको थियो। न्यौपानेले नै निर्वाचन समितिको संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा सन्तराज ढुङ्गगेल, द्वितीय उपाध्यक्षमा अमीर चौलागाई, सचिवमा भोजराज पराजुली, कोषाध्यक्षमा अर्चना कार्की तथा सह–सचिवमा अमृत तुम्सिङ चयन हुनुभएको छ। यसैगरी, सदस्यहरूमा केशव हुमागाई, होमनाथ खनाल, मिलन अधिकारी र अनिल चौधरी निर्वाचित हुनुभएको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी नवनिर्वाचित कोषाध्यक्ष अर्चना कार्कीले दिनुभयो।