मकवानपुर । मकवानपुरगढी जेसीजको तेस्रो पदस्थापना कार्यक्रम भएको छ ।
नेपाल जेसीज २०२६ का अध्यक्ष जीवन कार्कीको उपस्थितिमा मकवानपुरगढी जेसीज सन् २०२६ को लागि अध्यक्ष इरोज न्यौपानेले पदस्थापना तथा सपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष कार्कीले नेतृत्व र व्यक्तित्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण रहेने बताए ।
कार्यक्रममा मकवानपुरगढी जेसीजलाई मातृत्व प्रदान गर्ने पालुङ जेसिज बर्ष २०२५ को अध्यक्ष माधव कार्की,हेटौँडा जेसीज बर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुली, पत्रकारमसंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी समेतको उपस्थिति थियो ।

मकवानपुरगढी जेसीजको बर्ष २०२६ को लागि कार्याकारीणी उपाध्यक्षहरू सुजन सापकोटा र सुबास अधिकारी, उपाध्यक्षहरू किरण खनाल, पुष्कर बहादुर घिमिरे, निश्चल चौलागाईं र बिनम्र अधिकारी चयन भएका छन् । यस्तै, महासचिव सुनील पाख्रीन, कानूनी सल्लाहकार रोहित पुडासैनी, कोषाध्यक्ष सन्तोष न्यौपाने चयन भएको मकवानपुरगढी जेसिजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीले बताए ।

जेसीजको पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार सरिता दाहाललाई नगद सहित सम्मान प्रदान गरिएको छ ।
संस्थापन अध्यक्ष पुडासैनीको हजुरबुबाको नाममा स्थापित स्वर्गीय बुद्धिप्रसाद पुडासैनी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

नेपालजेसीजका अध्यक्ष जीवन कार्की, मकवानपुरगढी जेसीजको संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

२०६० सालदेखि पत्रकारितामा संलग्न हाल राजधानी दैनिक, सहीखबर डटकम तथा सहीखबर साप्ताहिकमा आबद्ध छिन् ।