काठमाडौँ । नयाँ सरकार गठन भएसँगै राजनीतिक वृत्तमा तरंग पैदा गर्ने गरी दुई प्रभावशाली नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई शनिबार बिहानै आ-आफ्नो निवासबाट पक्राउ गरिएको हो ।

गत भदौ २३ र २४ गते भएको जेन(जी) आन्दोलन दमनमा संलग्न रहेको आरोपमा उनीहरूमाथि कारबाही अघि बढाइएको सरकारी स्रोतले जनाएको छ । आन्दोलनका क्रममा भएका गतिविधिलाई लिएर जिम्मेवार ठहर गर्दै सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
प्रहरीले ओलीलाई भक्तपुरको गुन्डुस्थित निजी निवासबाट बिहानै नियन्त्रणमा लिएको जनाएको छ । त्यसअघि नै लेखक लाईपनि उनको बसोबासस्थानबाट पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार सूर्यविनायक नगरपालिका–५, कटुन्जेमा भाडामा बस्दै आएका लेखकलाई निवासबाटै नियन्त्रणमा लिइएको हो ।