पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने तयारी थालेको छ। डिजेलको मूल्य वृद्धि भएपछि यातायात व्यवसायीहरूले भाडा बढाउन दबाब दिएका छन्।
लामो समयदेखि ‘वैज्ञानिक भाडादर’ अनुसार समायोजन नभएको भन्दै व्यवसायीहरूले माग बढाएपछि यातायात व्यवस्था विभाग सक्रिय भएको हो। केही दिनमै भाडा समायोजनको प्रक्रिया टुंगिने संकेत दिइएको छ।
सरकारले इन्धनको मूल्यमा हुने उतारचढावअनुसार स्वचालित प्रणालीबाट भाडा समायोजन गर्ने व्यवस्था भए पनि पछिल्लो समय त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।















