आज १५ भदौ २०८२ देखि बागमती प्रदेशको राजधानी हेटौँडाबाट नेपाल संवाद डटकम अनलाइन पत्रिकाको औपचारिक शुभारम्भ गर्न पाउँदा अत्यन्त खुशी तुल्याएको छ ।

विश्वले सूचना प्रविधिको तीव्र विकाससँगै मानव जीवनलाई हत्केलामै समेटिदिएको छ । सूचना र समाचारको गतिशील संसारमा हरेक क्षण नवीनतम् तथ्यमा मानिसको पहुँच सजिलो बनेको छ । यस्तो बदलिदो परिस्थितिमा हामी ‘नेपालको आवाज’ बन्ने अठोटसहित आम पाठकमाझ उपस्थिति जनाएका छौँ । नेपाल संवादको उद्देश्य समाचारलाई मात्र ब्रेक गर्ने होडबाजीमा लाग्नु होइन, बरु तथ्यपरक, यथार्थपरक र विश्वासिला समाचार सम्प्रेषण गर्नु हो । स्थानीय स्तरमा सरोकार, चासो र चिन्ताका विषयलाई प्राथमिकतामा राख्दै पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । समाजका तमाम वेथिती, विकृतिमाथि केवल प्रश्न गर्नेमात्र हाम्रो उद्घेश्य होइन, ती समस्याको रचनात्मक समाधान खोज्न सघाउ पुर्‍याउँन पनि हाम्रो रचनात्मक भूमिका हुनेछ ।

यस यात्रामा साथ दिने पाठकवृन्द, विज्ञापनदाता, शुभेच्छुक र समर्थक सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । सशक्त, सत्यनिष्ठ र उत्तरदायी पत्रकारिताको मार्गचित्र तयार गर्ने संकल्पसहित हजारौँ अनलाइन पत्रिकाहरुको भीडमा हामी उपस्थित भएका छौँ । यो यात्रालाई सही गन्तव्यसम्म पुर्‍याउँन यहाँहरुबाट निरन्तर सहकार्य, सुझाव र सल्लाहको आशा राख्दछौँ । धन्यवाद ।

नेपाल संवाद डटकम परिवार